प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

पर्यटन कार्यालय, काँकडभिट्टा

झापा, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट

पर्यटन कार्यालय, काकरभिट्टा

संक्षिप्त परिचय

नेपालको सुदुर पूर्वामा अवस्थित कोशी प्रदेश अन्तरगत झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं.-६ मा अवस्थित, पर्यटन कार्यालय काकरभिट्टा पर्यटन सूचना केन्द्रको नाममा २०३९ सालमा स्थापना भएको हो । भारतसँग सिमा जोडिएको सहर काकरभिट्टा हुँदै तेस्रो मुलुक एवं भारतबाट समेत पर्यटक आगमन हुने हुँदा पर्यटकीय गतिविधी एवं सूचना सम्प्रेषणका निम्ति कार्यालयको स्थापना भएको हो । यस कार्यालयले पर्यटकीय गतिविधीसँग सरोकार राख्ने बिषयमा विविध कामहरु सम्पादन गर्दै आइरहेको छ । संघियत संरचनाको कार्यन्वयन सँगै पर्यटन कार्यालय, काकरभिट्टा २०७६ साल असोज १० गते कोशी प्रदेश सरकार मातहातको एक निकायको रुपमा स्थापित छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश अन्तरगतको यस कार्यालयको मुख्य कामहरु मध्ये ट्राभल्स, टुर्स, ट्रेकिङ एजेन्सी, होमस्टेहरुको दर्ता तथा नविकरण एवं झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका पर्यटन प्रवर्धनात्मक कामहरु हुन् । प्रदेश सरकारले जारि गरेको ऐन, नियम तथा नियमावलीहरुले निर्दिष्ट गरेका कामहरुका अतिरिक्त सिमा नाकामा हुने पर्यटकीय गतिविधीलाई समेत यसले टेवा पुर्याएको छ । पर्यटन सम्वन्धि ऐन नियमले तोकेको ट्राभल्स, टुर्स, होमस्टेहरुको दर्ता तथा नविकरण एवं नियमित अनुगमनका कामहरुलाई यसले निरन्तर गर्दै आइरहेको छ । 

कार्यालय प्रमुख

प्रभात भट्टराई

9852684175

सूचना अधिकारी

निरोज कट्टेल

9852662035

स्रोत(ऐन, नियमावली) सङ्ग्रह