नेपालको सुदुर पूर्वमा अवस्थित कोशी प्रदेश अन्तर्गत झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं.-६ मा अवस्थित, पर्यटन कार्यालय काकरभिट्टा पर्यटन सूचना केन्द्रको नाममा २०३९ सालमा स्थापना भएको हो । भारतसँग सिमा जोडिएको शहर काकरभिट्टा हुँदै तेस्रो मुलुक एवं भारतबाट समेत पर्यटक आगमन हुने हुँदा पर्यटकीय गतिविधी एवं सूचना सम्प्रेषणका निम्ति कार्यालयको स्थापना भएको हो । यस कार्यालयले पर्यटकीय गतिविधीसँग सरोकार राख्ने बिषयमा विविध कामहरु सम्पादन गर्दै आइरहेको छ । संघियता संरचनाको कार्यन्वयन सँगै पर्यटन कार्यालय, काकरभिट्टा २०७६ साल असोज १० गते कोशी प्रदेश सरकार मातहातको एक निकायको रुपमा स्थापित छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश अन्तर्गतको यस कार्यालयको मुख्य कामहरु मध्ये ट्राभल्स, टुर्स, होमस्टेहरुको दर्ता तथा नविकरण एवं झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका पर्यटन प्रवर्धनात्मक कामहरु हुन। प्रदेश सरकारले जारि गरेको ऐन, नियम तथा नियमावलीहरुले निर्दिष्ट गरेका कामहरुका अतिरिक्त सिमा नाकामा हुने पर्यटकीय गतिविधीलाई समेत यसले टेवा पुर्याएको छ। पर्यटन सम्वन्धि ऐन नियमले तोकेको ट्राभल्स, टुर्स, होमस्टेहरुको दर्ता तथा नविकरण एवं नियमित अनुगमनका कामहरुलाई यसले निरन्तर गर्दै आइरहेको छ ।